|

दाङ : दाङको लमही-घोराही-तुलसीपुर खण्डमा ४६ किलोमिटर सडक रहेको छ। लमही-तुलसीपुर खण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुर्जे, हापुर, पत्रे, संक्राम, ग्वार र कालाखोला गरि १० वटा खोलाहरु छन। ती मध्येमा बबई, सिस्ने, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल निर्माणको काम भइरहेको छ।

सेवार र हापुर खोलामा यात्रुले अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। वर्षौंदेखि निर्माण हुँदै आएका पुलहरू अझै निर्माण पूरा भएका छैन।तीमध्येमा  करिब ६ वर्षदेखि निर्माण शुरु भएको पत्रे खोलाको पुल २ वटा पिलर मात्र ठरिएका छन् भने यस वर्षको बर्खादेखि  बबई, कटुवा, सक्राम र गर्जुे खोलाको पुलमा गाडी सञ्‍चालन आउने सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

२०७१ साल भदौ ५ गतेदेखि पुल निर्माण शुरु भएको पत्रेखोला २०७४ भदौ ९ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म २ वटा पिलर मात्रै ठरिएका छन।

निर्माण कम्पनीको लापरवाही कारण पुल निर्माण अलपत्र परेको छ। प्रिस्टेज प्रविधिमा पत्रेखोलामा पुल निर्माण गर्न लागिए पनि निर्माण कम्पनीले आवश्यक डिजाइन तयार गर्न नसक्दा पुल निर्माणमा ढिलाई भएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर लिलाबहादुर भण्डारीले बताए।

निर्माण व्‍यवसायीले काममा उदासीनता हुँदा र सडक कार्यालयले कारबाही गर्न नसक्दा काममा लापरबाही भएको उनले बताए। उनले निर्माण ब्यवसायीलाई कालोसूचीमा राखेर पुलको निर्माणका लागि अर्को प्रक्रियाबाट जाने समेत बताए। उक्त पुल निर्माण गर्ने ५ करोडमा शंकर माली निर्माण सेवाले जिम्मा लिएको थियो।

२०७२ माघ १७ मा सम्झौता

त्यसैगरी, २०७५ साल साउन १६ गतेसम्म बबई नदीमा पुल निर्माण गरिसक्ने गरी २०७२ माघ १७ गते अनक-बज्रगुरु जेभी निर्माण प्रालिसँग सम्झौता भएको थियो। उक्त पुलको निर्माण कार्य सम्पन्न भएको र विद्युतको समस्याको कारणले गर्दा अबको केही दिनदेखि पुलबाट गाडी सञ्‍चालनमा आउने सडक डिभिजन कार्यालयका इन्जिनियर भण्डारीले बताए। उनका अनुसार कटुवा खोलाको पुल पनि केही दिनमा संचालनमा आउने बताए।

उक्त पुल निर्माणका २०७१ भदौ ११ गते सम्झौता भएको थियो। २०७४ साल असोज १० गतेसम्म पुल निर्माण गरिसक्ने गरी शंकरमाली निर्माण कम्पनीसँग सम्झौता भए तापनि  निर्माण पक्षले विभिन्न प्राविधिक समस्या देखाउँदा निर्माण सम्पन्न भएको थिएन। त्यसैगरी पटकपटक म्याद थप गरी २०७५ साल बैशाख १६ गते पुल निर्माण गरिसक्ने गरि गुर्जे खोलामा बज्रगुरु कन्ट्रसन निर्माण प्रालिसँग पुल निर्माणको लागि २०७२ माघ १० गते सम्झौता भएको थियो।

 

निर्धा्रित समय सकिए पनि पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन। अझै करिब १ महिना जति लाग्ने निर्माण कम्पनीका इन्जिनियर तिलक केसीले बताए। यसरी पुल निर्माण ढिलाई हुनमा भारतको नाका बन्दीका कारण समय मै सामानहरू नपाउँदा भएको उनले बताए।

 'हामी पुल निर्माणको अन्तिम चरणमा छौँ। यस बर्षायाममा यात्रुले सास्ती भोग्नु पर्ने छैन्', उनले भने, 'अबको केही दिनमा हामीले निर्माण गाडीहरू पुलमा चलाउन मिल्ने गरी काम गर्न लागका छौँ।' त्यसैगरी सक्राम खोलामा पनि २०७५ साल बैशाख ४ गतेभित्र पुल निर्माण गरिसक्ने गरी रौतहा कन्ट्रक्सन प्रालिसँग २०७२ माघ ५ गते निर्माण पक्ष र डिभिजन सडक कार्यालयका बीचमा सम्झौता भएको थियो। तर पुल निर्माणको निर्धारित समय सकिसक्दा समेत संक्रम खोलामा अझै पुल बन्न सकेको छैन।

यो पुल पनि निर्माणको अन्तिम चरणमा रहेको निर्माण कम्पनीले जनाएको छ। त्यसैगरी दाङको सिस्न र ग्वार खोलामा निर्माण भइरहेको पुलको काम तीव्र गतिमा अघि बढेको छ।

आर्थिक २०७६/०७७ को असोजमा काम सक्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा एडभेन्चर जय बागेश्वरी कम्पनीले ६ करोड रुपैयाँमा ठेक्का लिएको थियो। पुलको काम  तीब्र रुपमा  भइरहेको इन्जिनियर भण्डारीले बताए। यो पुलको लम्बाइ ६० मिटर र चौडाइ ११ मिटर रहेको छ। त्यसैगरी ग्वार खोलामा निर्माण भइरहेको पुलको काम १ वर्षमा ५० प्रतिशत पूरा भएको छ।

दाङका अन्य खोलाहरूमा निर्माण भइरहेका पुलको काम ५ वर्षसम्म पनि पूरा नभएको अवस्थामा उक्त ग्वारखोलाको पुल निर्माणको कामले भने गति लिएको छ।

गएको आर्थिक वर्ष बैशाखदेखि शुरु भएको पुलको संरचना निर्माणको काम ५० प्रतिशत पूरा भएको इञ्जिनियर वसन्त ज्ञवालीले बताए। कालिका रसुवा जेवी निर्माण कम्पनीले आर्थिक २०७६/०७७ मा माघसम्म काम सक्ने गरी जिम्मा लिएको थियो।

हालसम्म पुलको स्टक्चरको काम ५० प्रतिशत र सुपरस्टक्चरको काम ४० प्रतिशत पूरा भएको छ। २२० मिटर लम्बाई र १०.५ मिटर चौडाई भएको उक्त पुलको काम यही वर्षको कातिकसम्म पूरा गर्ने लक्ष्य रहेको उनले बताए। ग्वारखोलाको करिब २ किलोमिटर तल अर्को पुलको पनि ठेक्का लिएको थियो। 

२०० मिटर लम्वाई र साढे १० मिटर चौडाई रहेको पुलको काम करिब सकिएको उनले बताए । यी २ पुलको निर्माणको लागी कम्पनीले ४७ करोडमा ठेक्का लिएको थियो। यता निर्माण ब्यवसायीले राज्यका कारण नै निर्माणमा ढिलाई हुने गरेको बताउने गर्दछन।

समयमा डिजाइन र टेण्डर नहुनुले स्टिमेट दोहोर्‍याएर बनाउनुपर्ने जस्ता कारणले निर्माणमा ढिलाई हुने निर्माण ब्यवसायी कृष्ण वलीले बताए। त्यसैगरी दाङमा सडक तथा पुलहरु समयमा नबन्नु दुर्भाग्य भएको नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले बताए।

समयमै पुलहरू निर्माण नहुँदा नागरिकले सास्ती भोग्नु परेकोमा स्थानीय जनप्रतिनिधि तथा केन्द्रबाट नै ध्यान नदिँदा निर्माण ढिलाइ हुने गरेको उनले बताए। ठेक्दारले समय मै बजेट नपाएको भन्दै कामबाट पन्छिँदा र राजनीतिक संरक्षण दिँदा यस्तो अवस्था आएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.