|


काठमाडौं : राजधानीका तीन स्थानमा सञ्चालन भइरहेको मनसुन मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँ बराबरको बीमा निशुल्क पाउने भएका छन् । 

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबार मार्ग स्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसी मल सुन्धाराको भुइँ तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा साथै सिटिभी मोबाइल ताम्राकार कम्प्लेक्स पाको न्युरोडमा  जुनसुकै ब्राण्डको नयाँ मोबाइल किन्दा सो सुविधा पाउने आयोजकले जनाएको छ ।  

मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लानसँगै एक लाख बराबरको जीबन बीमा निशुल्क पाउने सिटीसी मोबाइल हबका प्रबन्धक आस्मिन भन्डारीले भने । मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाइल, ल्यापटप, क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिने भन्डारीले जानकारी दिए । 

त्यस्तै मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्यप्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने व्यवस्था पनि मिलाइएको छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर पनि जारी छ । 

साथै एसइई उत्तीर्ण विद्यार्थीका लागि  ५० प्रतिशत छुटमा मोबाइल किन्ने सुविधा समेत रहेको छ ।  एसइईका  विधार्थीले आईमार्स भि सन् ६ , मिल्की वेए एम टु र नुबिया जेट मिनी १७, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउने छन् । त्यसै गरी सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वानप्लस लगायत ब्राण्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ ।

मेला अवधिभर हरेक मोबाइलको खरिदमा एफ क्युब सिनेमा र सिने डीसि को मुभि टिकेट लगायत हात खाली नहुने गिफ्ट ह्याम्पर साथै भिजिटरलाई हरेक दिन लक्की ड्र बाट स्मार्ट फोन र विभिन्न आर्कषक उपहार वितरण गरिने आयोजकले जनाएको छ । मोबाइल मेला असारमसान्तसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.