समाज

सुशील वनस्पति घिउ उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी
SHARES

असार २१, २०७६

    पर्सा : वीरगन्ज महानगरपालिका–२१ परवानीपुर नजिकै रहेको सुशील वनस्पति घिउ उद्योगमा शुक्रबार राति २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणको प्रयास भइरहेको छ।

    विद्युत सट भई सुरु भएको आगोलाई वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, कलैया नगरपालिका अमलेखगञ्जलगायतका ठाउँबाट आएका सात वटा दमकल, स्थानीय, सुरक्षाकर्मीलगायतले नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। घिउ, तेल उद्योग भएको कारण आगो नियन्त्रण गर्न कठिनाइ भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। 

    क्षतिको विवरण भने अहिले नै यकिन हुन सकेको छैन। तर, करोडौंको क्षति भएको प्रहरीको अनुमान छ। उद्योगको बीच भागमा आगलागी भएको कारण अन्यत्र आगो फैलन सक्ने सम्भावना भने नरहेको आगो नियन्त्रणमा खटेका वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]