|

पर्सा :  पर्वानीपुर नजिक रहेको सुशील वनस्पति उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। यद्यपी निरन्तर  निभाउने प्रयास जारी छ l तेल घिऊ उद्योगमा सकेको कारण पानी बाट आगो निभाऊन अली सकस भइरहेको छ।

विद्युत सट भई सुरु भएको आगोलाई वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, कलैया नगरपालिका अमलेखगञ्जलगायतका ठाउँबाट आएका सात वटा दमकल, स्थानीय, सुरक्षाकर्मीलगायतले नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ।

घिउ, तेल उद्योग भएको कारण आगो नियन्त्रण गर्न कठिनाइ भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।  क्षतिको विवरण भने अहिले नै यकिन हुन सकेको छैन। तर, करोडौंको क्षति भएको प्रहरीको अनुमान छ। उद्योगको बीच भागमा आगलागी भएको कारण अन्यत्र आगो फैलन सक्ने सम्भावना भने नरहेको आगो नियन्त्रणमा खटेका वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.