डडेल्धुरामा सुरु भयो जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

|

डडेल्धुरा : जिल्ला खेलकुद विकास समिति, डडेल्धुराको आयोजनामा डडेल्धुरामा शनिबारदेखि ११औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअनुसार प्रतियोगिताको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूलनाराका साथ आयोजना गरिएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति निरादेवी जैरुले उद्घाटन गरेकी हुन्।

प्रतियोगितामा यस पटकबाट ७ वटै स्थानीय तहलाई अलग–अलगमा विभाजित गरी टिम सहभागी भएका छन्। प्रतियोगितामा अमरगढी, परशुराम नगरपालिका, अजयमेरु, आलिताल, गन्यापधुरा, भागेश्वर र नवगुर्गा गाउँपालिकाका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेका छन्।

यस अगाडि नै ७ वटै स्थानीय तहले नगर तथा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद प्रतियोगीता सम्पन्न गरि खेलाडीहरु छनोट गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता गराएका हुन्।

डडेल्धुरा सदमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा हुने प्रतियोगिमा भलिबल, कराते, कबड्डी, एथ्लेटिक्सलगायतका खेलबीच प्रतिस्पर्धा गराइने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले जानकारी दिए। शनिबारदेखि सुरु भएको प्रतियोगिता आइतबारसम्म संचालन हुनेछ।

प्रतियोगिताको उद्घाटनामा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमका साथै ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको राष्ट्रिय गीतमा मार्चपास समेत गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.