|
प्रतीकात्मक फोटो

दाङ : दाङमा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ। आइतबार बिहान ११ बजेतिर लमही नगरपालिका ७ मा फसेको टिपर निकाल्ने क्रममा करेण्ट लागेर प्यूठान नगरपालिका ९ मरेङ निवासी २७ वर्षीय खेतुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सम्राट सिमेण्ट उद्योग नजिक रा १ क १६६० नम्बरको टिपर फसेपछि बा २ क ५६३९ नम्बरको जेसिबिले उक्त टिपर निकाल्ने क्रममा विद्युतको तार छुन पुग्दा गम्भीर घाइते भएका जेसिबीका सहचालक घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए।

यस्तै, दाङको गढवा गाँउपालिका ४ गोविन्दनगर र खडकपुरको बाटो पीच गर्ने क्रममा तातो डिजल परेर एक कामदार घाइते भएका छन्। प्रिमिक्स नामक मेसिनमा डिजेल राख्ने क्रममा असावधानी अपनाउदा बिहान ११ बजे उक्त मेसिनमा रहेको तातो डिजेल शरीरमा पर्न गई सप्तरी कुनौली गाउपालिका ५ का १८ वर्षीय दीपक सरदार घाइते भएका हुन्।

सरदारको कम्मरदेखि तलको भाग र दाहिने हात जलेर घाइते भएको र लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। 

यस्तै राप्ती गाँउपालिका १ भालुवाङ बजारमा फ्रेस हाउसमा आगलागी हुँदा झण्डै ४० हजार बरावरको क्षति भएको छ। नेपालगञ्ज उपमहानगरपालिका १ घर भई हाल राप्ती गाउँपालिका १ पुलचोकस्थित मोहमली कुलेसिको बोइलर कुखुरा काट्ने डेब्लीमा आगलागी हुँदा १० ओटा कुखुरा, ग्यास सिलिण्डर १ थान, मोबाइल थान १ र नगद ११ हजार गरी करिब ४० हजार बराबरको क्षति भएको छ।

उक्त आगलागीमा परि २३ वर्षीय सोनु कुलेसीको दाहिने हात र खुट्टामा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता शाहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.