|
प्रतीकात्मक फोटो

पर्सा : सासूले परपुरुषसँगको अवैध सम्बन्ध थाहा पाउने डरले पर्सामा एक बुहारीले सासूको टाउकोमा धारिलो हतियार (गडाँसी) प्रहरी गरेकी छन्। जिल्लाको कालिकामाई गाउँपालिका-२ भेडिहारी बस्ने ३० वर्षीया बुहारी इन्दुदेवी महराले आफ्नै सासू ५५ वर्षीया राजपति देवी महराको टाउकोमा गडाँसी प्रहार गरेकी हुन्।

राजपति देवीलाई अपरिचित व्यक्तिले शनिबार धारिलो हतियारले टाउकोमा प्रहार गरेको कुरा बाहिर आए पनि वास्तविकता भने आफ्नै बुहारीले परपुरुषसँगको सम्बन्ध लुकाउन घटना गराएको वास्तविकता सतहमा आएको हो।

घाइते राजपति देवीको उपचारको क्रममा वीरगन्जको न्यूरो अस्पतालमा राति होस् आएपछि उनैले बताएअनुसार प्रहरीले बुहारी इन्दुदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा वास्तविकता बाहिर आएको पर्सा प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान गर्दै जाने क्रममा घाइते राजपति देवीकै बुहारीले गडाँसीले टाउकोमा प्रहार गरी गम्भीर बनाएको तथ्य खुलेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

'घटना शनिबार राति ३ बजे तिर भएको हो। बुहारी इन्दुदेवीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिइसकेको छ। इन्दुदेवीले पनि पक्राउ परेपछि सो कुरालाई स्वीकारी सकेकी छन्' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.