मुगु : रारा ताल, आफैंमा सुन्दर छ। प्रकृतिले सिँगारिएको राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्दछ।
यही सुन्दर तालको वरिपरि फुलेका विभिन्न प्रजातिका फूलहरुले यहाँको वातावरण रंगिन बनाएको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो तालमा रमाउन यतिबेला आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका छन्।
यति बेला रारा क्षेत्रमा फूलले राराताललाई झन् मनमोहक बनाएको विकेश राईले बताए। मुर्माटपसम्म पुगरे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने उनको भनाइ छ।
समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा तालको ५ किलोमिटर लम्बाइ, तीन किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ। यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत ३०० प्रजातिका चरा पाइन्छन्।
यस्तै, यस क्षेत्रमा कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकनका गर्न सकिने रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।