|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगर (महेन्द्रनगर) बजारमा रहेको बस पार्कमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। बसपार्क क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्नका लागि बस पार्कमा सिसिटिभी क्यामेरा जडान गरिएको हो।

यातायात व्यवसायी समितिहरूको दुई लाख र यातायात व्यवसायी निरज बोहराको एक लाख ३७ हजार निजी लगानी गरी तीन लाख ३७ हजारमा सात वटा क्यामेरा जडान गरिएका छन। 

सिसिटिभीको कन्ट्रोल रुपमा प्रहरीको मातहतमा रहने गरी राखेका छौं महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बरदत्त पन्तले भने, ‘यसबाट बस पार्कमा हुने चोरी, झैँझगडा, ट्राफिकका समस्या र बस पार्क क्षेत्रमा हुने अन्य गतिविधिमाथि निगरानी बढाउन सहज हुने छ।’

सिसिटिभी क्यामेरा जडान भएपछि बस पार्क क्षेत्रको सुरक्षालाई मजवुत बनाउन सकिने र सुधारका अन्य कार्यहरू सञ्चालन गर्न सकिने उनले बताए। समितिका अध्यक्ष पन्तले अनुसार यात्रुको सहजताका लागि बसपार्क क्षेत्रमै नागरिक सहायता केन्द्र समेत स्थापना गरिएको बताए। 

यात्रुकाे गुनासाे सुन्न र समस्या निराकरण गर्नका लागि केन्द्र स्थापना गरिएको हो। मर्कामा परेका यात्रुले नागरिक सहायता केन्द्रमा सम्पर्क गरे तत्कालै समस्या समाधानका लागि पहल गर्ने व्यवस्था गरिएको अध्यक्ष पन्तको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.