|

बेलायती राजदूतले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विषयमा गरेको एक टिप्पणीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आक्रामक बनेका छन्।  

ट्रम्पले बेलायती राजदूत सर किम डार्कप्रति आक्रामक बन्दै उनीसँग आफूहरूले अब कुनै पनि व्यवहार नगर्ने बताए। ट्वीटमार्फत् राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेको पनि आलोचना गरेका छन्। बेलायतले छिट्टै नयाँ प्रधानमन्त्री पाउने कुरा ‘सुखद समाचार’ भएको टिप्पणी गरे। 

आइतबार चुहावट भएको आफ्नो इमेलमा सर किमले ट्रम्प प्रशासन निष्प्रभावी र अक्षम रहेको उल्लेख गरे। प्रधानमन्त्री मेले आफूलाई सर किममाथि ‘पूर्ण विश्वास’ रहे पनि उनीसँग सहमत हुन नसकिने बताएकी थिइन्। 

मेका प्रवक्ताले इमेल चुहावट प्रकरण अस्वीकार्य भएको बताइन्। प्रधानमन्त्रीको कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जनाइएको छ।  इमेल चुहावटप्रति यसअघि नै प्रतिक्रिया जनाइसकेका ट्रम्पले ‘आफूहरू ती मान्छेको ठूलो प्रशंसक नभएको र उनले यूकेको पनि राम्ररी सेवा नगरेको’ भनी टिप्पणी गरे।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.