|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदले सोमबार औपचारीक रूपमा नयाँ सदस्यसचिव प्राप्त गरेको छ। परिषदले १८ औं सदस्य सचिवका रूपमा रमेशकुमार सिलवाललाई पाएको छ। नयाँ सदस्य सचिव पाएसँगै सिलवालका अगाडि सर्वाधिक ठूलो चुनौतिका रूपमा १३ औं साग रहेको छ।

कार्यभार समालेसँगै उनले आफू सबै चुनौति भोग्नका लागि राष्ट्रिय खेलकुद परिषदमा आएको बताए। उनले सोमबार कार्यभार समाल्दै प्रधानमन्त्रीले गरेको विश्वास खेर जान नदिने बताए। खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नियुतिपछि उक्त अवसरमा निवर्तमान सदस्यसचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको चर्चा गर्दै उनलाई आगामी दिन चुनौतीपूर्ण रहेको भन्दै कार्यसफलताको शुभकामना दिए।

नियुक्त भएपछि बोल्दै सिलवालले आफूले २ तिहाई जिन्दगी कटाइसकेको भन्दै बाँकी एकतिहाई खेलकुदको नाममा समर्पित गर्ने बताए। साथै उनले हनिमुन समयमा नै देखिने उपलब्धि गरि छाड्ने दृढता व्यक्त गरे।

नवनियुक्त सदस्यसचिव सिलवाले नियुक्तिपछि सबैभन्दा माया गर्ने विधा नै खेलकुद भएको बताएका थिए। उनले पदमा नबसेर पनि नजिकबाट खेलकुदलाई हेरेको बताएका थिए।

उनले भने ‘यहाँ जागिरका लागि आएको होइन्। यहाँभन्दा अन्त नै योभन्दा राम्रो तलबको जागिर थियो। जीवनको दुई तिहाई वर्ष मैले समानजनक रूपमा शिर ठाडो पारेर नै बिताएको छु। अब एकतिहाई जिन्दगीलाई थप समानजनक रूपमा बिताउनका निम्ति प्रधानमन्त्री, मन्त्रीले आग्रह गरेपछि केहि परिवर्तन गर्न सक्छु कि भन्ने आत्माविश्वास लिएर राष्ट्रिय खेलकुद परिषदमा आएको हुँ।’

सिलवालले धेरै बोल्नुभन्दा एउटा एक्सन महत्वपूर्ण हुने बताए। उनले भने ‘धेरै बोल्नुभन्दा एउटा एक्सन लिएर अघि बढ्नु महत्त्वपूर्ण हुन्छ। त्यसैले कामबाट प्रमाणित गर्ने छु।’

उनले सागका लागि ४ महिना समय रहेको भन्दै अब हरेक दिनको कार्यतालिका बनाएर अघि बढ्ने बताए। उनले खेलकुदमा लगाव उच्च रहेको भन्दै भने ‘प्रधानमन्त्रीले योभन्दा आकर्षक ठाउँहरू पनि रोज्न दिनु भएको थियो। तर, मैले यहि क्षेत्रलाई छनोट गरेँ।’        

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.