|

दाङ : अहिले विश्वमा विभिन्न कारणले वायु प्रदूषण बढ्दै गएको छ।

वायु प्रदुषण हुनमा पनि एक कारण सवारी साधनको प्रदूषण हो। त्यही प्रदुषणलाई रोक्न यातायात व्यवस्था विभाग विभिन्न यातायात कार्यालयमा गतवर्ष मेशिन दिएको थियाे। त्यसै गरी यातायात कार्यालय राप्तीमा गत भदौ १ गतेदेखि प्रदूषण जाँचपास गर्नका लागि यातायात विभागले २ वटा उपकरण दिएको छ। तर उक्त उपकरण हिजोआज प्रयोगविहीन भएको छन्।

कार्यालयमा उपकरण शुरुमा प्राविधिक कारणले थन्किएको थियो भने अहिले गाडी जाँचपास गर्न नल्याउँदा कार्यालयमा थन्किएको छ। कार्यालयमा उक्त उपकरण आएपछि बढीमा १०० गाडीले मात्र सेवारी चेकजाँच गराएका कार्यालयले जनाएको छ।

सार्वजनिक सवारी साधनले वर्षमा ६/६ महिना र निजीले वर्षकामा १ पटक सवारी चेकजाँच गराउनु पर्ने प्रावधान भए ता पनि कार्यालयको कम्जोरी र सवारी धनीको अटेरी गरेका कारण उक्त उपकरण प्रयोगविहीन भएको छ।

'विभागले उपकरण पठाएपछि शुरुमा हालको भवनमा उपकरण राख्न ठाउँ नहुँदा समस्या भएको थियो' यातायात कार्यालय प्रमुख मित्रलाल ढकालले भने, 'तर पछि छुट्टै कोठा लिएर ब्यवस्था गरे पनि हिजो आज सवारी जाँच गराउन सवारी नआउने गरेको हाे।'

उनले प्रदुषण जाँचपास गराएका गाडीले हरियो स्टिकर नटासेकालाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार  कारवाहीको व्यवस्था भएको बताए।   यातायात कार्यालय राप्तीमा साना तथा ठूला ५ हजार भन्दा बढी सवारीसाधन दर्ता भएका छन।

प्रमुख ढकालले लामा दूरीमा चल्ने सवारी साधन भन्दा नि छोटो दूरीमा चल्ने सवारी साधन प्रदुषण चेकजाँच गर्न नआउने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.