|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोमेट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ। नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम जारी छ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ। सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.