|

दाङ : तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा एक घर एक विरुवा अभियान अगाडि बढाउने बताएका छन्। 

मंगलबार उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर अभियानको १५० औं श्रृंखलाको समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्नका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको बताएका हुन्।

उनले सडक किनारामा वृक्षारोपण गर्ने कामलाई उपमहानगरपालिकाले विगतदेखि नै निरन्तरता दिएको बताउँदै यसै वर्षबाट नयाँ अभियानलाई अगाडि बढाइने बताए। अभियानका क्रममा जनतामा सरसफाईका बारेमा चेतनाको बिकास भएको बताए। उनले भने, 'हाम्रो फोहोर हामीले नै सफा गर्नुपर्दछ भन्ने मान्यताको विकास भएको छ।' 

आगामी दिनमा अभियानलाई प्रभावकारी ढगले अगाडि बढाउनका लागि दण्ड जरिवानाको समेत व्यवस्था गरिने समेत बताए। उनले अभियानका क्रममा निरन्तर रुपमा लाग्नेलाई सम्मान गरिने समेत बताए। यो अभियान जनताको भएको भन्दै उनले जनताको सहभागिताका लागि आग्रह गरे।

अहिले सडक व्यवस्थापन चुनौती भएको भन्दै उनले त्यसलाई समाधानका लागि संघ र प्रदेशसँग पहल गरिने समेत बताए। त्यसैगरी सरसफाई अभियानका अभियान्ता तुलसीपुर उद्योगा वाणिज्य संका पूर्वअध्यक्ष बिमल रिजालले बजारबाट निस्कने  फोहोर ब्यवस्थापन गर्न उपमहानगरपालिकाले ध्यान दिनुपर्ने बताए।

उनले बजारमा फोहोर गर्ने घरबेटी, पसलधनी वा फुटपाथमा जथाभावी सामान राखेर अबरोध गर्ने र शनिवार बजारका चोक चोकमा खसी काटेर फोहोर गर्ने जोकोहीलाई पनि तत्काल कारबाही गर्नु पर्ने बताए। 

अभियान सफल पार्न स्टिकर सिस्टममार्फत पहिचान गरेर फोहोर गर्ने र नियम बिपरित अटेरी गर्नेहरूलाई उपमहानगरपालिकाले दिने सेवा सुविधा समेत रोक्नुपर्ने बताए। हरेक हप्ताको मंगलबार सरसफाई अभियान शुरु हुँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.