|

दाङ :तुलसीपुरमा कुलोमा डुवेर एक बालकको मृत्यु भएको छ।

मंगलबार दिउँसो २ बजेतिर कुलोले बगाउँदा तुलसीपुर ६ सितानगरटोल बस्ने राजेन्द्र बिकको छोरा अढाई वर्षको प्रभास बिकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिक आफ्नै घर अगाडि कुलोमा खस्दा उक्त कुलोले बगाई घरदेखि ५०० मिटर दक्षिणतर्फ डुवेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ।

पानीमा डुवेको अवस्थामा फेला परेका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियाे। उनको उपचारको क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.