|
file Photo

जनकपुरधाम : धनुषाको नगराइन नगरपालिकाको नाम स्वर्गीय मेहन्द्र नारायण निधि राख्ने प्रस्ताव यस वर्ष पनि बहुमतले अस्वीकृत भएको छ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिका बुवा स्वर्गीय महेन्द्रनारायण निधिका नामबाट नगरपालिकाको नामकरण गर्ने नगरप्रमुख प्रमेश्वर यादवको प्रस्ताव नगरसभा बैठकबाट अस्वीकृत भएको हो। नगरपालिकाको नामकरण गर्ने विषयलाई लिएर पटकपटक नगरसभाको बैठक स्थगित भएको थियो।

गत आर्थिक वर्ष र चालू आर्थिक वर्ष २०७५/७६ मासमेत नगरप्रमुख यादवसहित कांग्रेस जनप्रतिनिधिले नगरपालिकाको नाम परिवर्तन गर्न चाहेका थिए। तर विपक्षी नेकपाका वडा अध्यक्ष एवं सदस्यले नामै परिवर्तन गर्नुपरे गणतन्त्रका लागि शहादत दिएका शहीद दुर्गानन्द झाको नामवाट राख्नुपर्ने अडान लिएका थिए। प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिध विरोधमा गएपछि नामकरणको प्रस्ताव अस्वीकृत भएको छ।

गत वर्ष पनि नगरप्रमखु यादवले नगरपालिकाको नाम महेन्द्र नारायण निधि राख्ने प्रयास गरेका थिए। त्यतिबेला पनि विवाद भएको थियो। तर नगरप्रमुख यादवले जबरजस्ती गर्न खोज्दा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले ४ महिना नगरपालिकाको कामकाज अवरुद्ध पारेको थिए।

नगरपालिकाको नाम परिवर्तन गर्न दुई तिहाइ बहुमत चाहिन्छ। नगराइन नगरपालिकामा कुल ५९ कार्यपालिका सदस्य छन्। जसमध्ये करिब ३४ जना भएपछि मात्र नाम परिवर्तन हुन्छ। तर कांग्रेसको मात्र २९ जना छन्। नाम परिवर्तनका लागि ५ जना अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधि चाहिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.