|

विश्वकप क्रिकेटमा वर्षाले प्रभावित बनेको पहिलो सेमिफाइनल भारत र न्युजिल्याडबीचको बाँकी खेल बुधबार हुने भएको छ।

वर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ अनुसार सो खेल आज खेलाउन लागिएको हो। न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट बाँकी खेल खेल्नेछ।

म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा वर्षा भएपछि न्युजिल्याण्डको ईनिङ्स पुरा गर्न पाएन। खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो।

वर्षा नरोकिएपछि  बाँकी खेल रिजर्व डे अर्थात  बुधबार हुने अम्पायरले निर्णय गरेका थिए । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा रहेर ब्याटिङ गर्नेछ। म्यानचेष्टरमा आज समेत ६५ प्रतिशत बर्षाको सम्भावना छ। खेल हुन नसकेको अवस्थामा भारत अंकका आधारमा फाईनल पुग्नेछ। ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो।

न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए। टेलरले करियरको ५० औ अर्धशतक प्रहार गरेका छन्। यसअघि केन विलियम्स ६७ रन बनाएर युजभेन्द्र चहलको बलमा जडेजाबाट म्याच आउट भएका थिए। विलियम्सले टेलरसंग मिलेर तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए।

विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.