|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ मझगाउँमा रहेको महाकाली बाल विद्यालयका कक्षा नौ मा अध्ययनरत छात्र माधव कलौनीको शिक्षकको कुटाइबाट मृत्यु भएको छ। शिक्षकको कुटाइबाट घाइते भएका कलौनीको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। उपचारका क्रममा कलौनीको भारतको राममूर्ति अस्पताल भोजिपुरामा मृत्यु भएको उनका आफन्तले बताएका छन्।

विद्यालयका सहपाठीसँग झैझगडा गरेको विषयलाई लिएर शिक्षकले असार १३ गते माधवलाई कुटपिट गरेको मृतकका मामा पुष्पमणि जोशीले बताए।

कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो। विद्यालयका प्रध्यानाध्यापक यशोदा जोशीले असार १५ गते माधवलाई उनका बुबा जिम्मा लगाएकी थिइन्।

कुटपिटमा संलग्न भएको आशंकामा विद्यालयका प्रध्यानाध्यापक यशोदा जोशी, शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक जनकराज पाण्डेयले बताए। 

कुटपिट गरेको वा नगरेको बारे अनुसन्धान पछि मात्रै थाहा हुने उनले बताए। मृतकको शव भारतबाट आएपछि शव परीक्षणपश्चात् पीडितको जाहेरीका आधारमा कारबाही प्रकृया अगाडि बढ्ने उनले बताए।  

यसैबीच, शिक्षकको कुटाइबाट मृत्यु भएका कलौनीको घटनाको कञ्चनपुरका ६ वटा विद्यार्थी संगठनले निष्पक्ष छानविनको माग गरेका छन्।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र विप्लवनिकट क्रान्तिकारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.