|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सांसद बडुले प्रदेश प्रहरीमा जाने प्रहरीको मनोबललाई कमजोर हुन नदिन पनि त्यहाँ जाने प्रहरीहरुको एक तह स्वतः बढुवा गर्नुपर्ने पनि स्पष्ट पारे। बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सशस्त्र प्रहरी बल र निजामती सेवाका कर्मचारीको हकमा लागू भइसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुस्याई गर्न नहुने तर्क पनि गरे।

विधेयकमा करिब २० हजार प्रहरी कर्मचारी संघ मातहत रहने र अन्यलाई प्रदेश प्रहरी मातहत राख्ने प्रस्ताव गरिएको छ। सांसद बडुले प्रदेशमा समायोजन भएर जाने प्रहरीको मनोबललाई उठाउन पनि उनीहरूको एक तह स्वतः बढुवा गर्न उपयुक्त हुने धारणा समितिमा पेश गरेका थिए।

कांग्रेस सांसद बडुले प्रदेश प्रहरीलाई पनि प्रभावकारी ढंगले काम गराउन उनीहरूको मनोबललाई गिराउने काम गर्न नहुने पनि बताए। विधेयकमा २० हजार प्रहरी संघमा र करिव ५५ हजार प्रहरी प्रदेश प्रहरीमा समायोजन हुने उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.