|

एजेन्सी : अमेरिकी प्रशासनसँग भएको इमेल सम्वाद सार्वजनिक गरेको आरोप खेपिरहेका अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले पदबाट राजीनामा दिएका छन्।

इमेल लिक भएपछि क्रुद्ध बनेका राष्ट्रपति डोनाल्ड ट्रम्पले डारकलाई मूर्खको संज्ञा दिँदै उनीसँग कुनै पनि किसिमको व्यवहार नगर्ने घोषणा गरेका थिए।

ट्रम्प प्रशासनलाई निकम्मा भनी टिप्पणी गरिएका इमेलहरु सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प कडा रुपमा प्रस्तुत भएका हुन्।

बेलायतको विदेश मन्त्रालयले डारकको राजीनामाको खबर पुष्टि गरेको छ। यसअघि बेलायतले इमेल चुहिनु 'दुर्भाग्यपूर्ण' भएपनि राजदूतप्रति सरकारको पूर्ण समर्थन रहेको बताएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.