|

सन् १९९२ को वर्ल्डकप। दक्षिण अफ्रिका र इंग्ल्याण्ड बीचको सेमिफाइनल खेल चलिरहेको थियो। इंग्ल्याण्डलाई हराउन दक्षिण अफ्रिकाले १३ बलमा २२ रन बनाउन पर्ने अवस्था थियो। तर, त्यस बेला भारी वर्षा भएपछि खेल रोकियो। १० मिनेटपछि वर्षा रोकियो। दक्षिण अफ्रिकी ब्याटस्म्यान फेरि क्रिजमा ब्याटिङका लागि उत्रिए।

त्यसबेला स्कोरबोर्डमा नयाँ लक्ष्य थियो। जीतका लागि १ बलमा २१ रन। त्यस बेलाको नियमबाट पाएको यो नयाँ लक्ष्य सबैलाई आश्चर्यमा पार्ने कुरा थियो। रेडियोबाट कमेन्ट्री गरिरहेका क्रिस्टोफर मार्टिन जेकिन्सले गलेको आवाजमा भने, ‘मलाई विश्वास छ कसै न कसैले यो समस्याबाट पार पाउने बाटो अवश्य बनाउने छ।’ 

रेडियोमा यो कमेन्ट्री एक ब्रिटिस गणितिज्ञ फ्रैंक डकवर्थले सुनिरहेका थिए। उनलाई त्यस बेला लाग्यो यो गणितसँग जोडिएको समस्या हो। यसको समाधान गर्न जरुरी छ। डकवर्थले १९९२ मा नै राय स्टेटस्टिकल सोसाइटीमा एक प्रस्ताव पेश गरेका थिए। जसको शीर्षक थियो, ‘खराब मौषममा निष्पक्ष खेल।’

यो प्रस्तावलाई अगाडि बढाएर समयानुकूल नियम बनाउने काममा केही झन्झट अझै बाँकी नै थियो। युभिवर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डका लेक्चरर टोनी लुइसले यो समस्यालाई सुल्झाए। दुवै गणितिज्ञले मिलेर नयाँ नियमको अन्तिम रुप दिए। यिनै दुई गणितिज्ञले बनाएको सूत्रलाई डकवर्थ लुइस नियम भन्ने गरिएको छ।

धेरै प्रयास गरेर इंग्ल्याण्ड क्रिकेट बोर्डले यो नियमलाई आइसिसीसम्म पुर्‍याएको हो। सन् १९९७ मा पहिलो पटक डकबर्थ लुइस नियमको प्रयोग भएको थियो। जिम्बाबे र इंग्ल्याण्डबीच भएको उक्त खेल जिम्बाबेले जितेको थियो। सन् १९९८ मा न्युजिल्याण्ड, वेष्टइण्डिज, इण्डिया, पाकिस्तान र दक्षिण अफ्रिकामा पनि यो नियमको प्रयोग भयो।

आइसिसीले १९९९ को विश्वकपमा पहिलो पटक डकबर्थ लुइस नियमको प्रयोग गर्‍यो। त्यसबेला इंग्ल्याण्डको मौषम अहिले जस्तो थिएन। यो नियमको त्यस बेला प्रयोग हुन पाएन। तर, यस पालीको विश्वकपमा यो नियम उपयोगी देखिएको छ। अहिलेसम्म यो नियम २ सय २० भन्दा बढी खेलमा प्रयोग भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.