|

जनकपुरधाम : अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले जनकपुरका मुख्य चोकमा सिसिक्यामेरा जडान गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाको १९ लाख ८२ हजारको लागतमा १० थान सिसि क्यामेरा जडान गरिएको हो। सिसिक्यामेराको कन्ट्रोल रुम स्टेशन प्रहरी चौकी परिसरमा राखिएको छ। चारैतिर घुम्न सक्ने र एचडी क्षमताको क्यामेरा जडान गरिएको जनकपुरधामका नगरप्रमुख लालकिशोर साहले जानकारी दिए।

नगरप्रमुख साहले बुधबार एक समारोहबीच सिसिक्यामेराको रिमोट धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनाललाई हस्तान्तरण गरे। उनका अनुसार जनक चोक, शिव चोक, रेल्बे स्टेशन, भानु चोक लगायतका बढी चहलपहल हुने ठाउँमा क्यामेरा जडान भएको छ।

एसपी खनालले अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्न सिसिक्यामेराले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले अब सडकमा फोहोर व्यवस्थापन गर्नसमेत सघाउ पुग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.