नयाँ दिल्ली : भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित नेताजी सुभाष चन्द्र बोस अन्तराष्ट्रिय एयरपोर्टमा एउटा दर्दनाक घटना भएको छ। समाचार अनुसार स्पाइस जेटका प्राविधिकको बुधबार बिहान १ बजे मृत्यु भएको छ ।
ती प्राविधिक विमानको ल्यान्डिङ गियरको ढोकामा फसेका थिए। जसका कारण उनको मृत्यु भयो। अग्नि रक्षकको सहयोगमा ती प्राविधिकको शरीर ल्यान्डिङ गियरबाट बाहिर निकालिएको छ। पुलिसले यो मामिलाको जाँच गरिरहेको छ । ज्यान गुमाउने प्राविधिक हुन्। रोहित पान्डे।
स्पाइसजेटले यस घटनामा दुख व्यक्त गर्दै कोलकाताको हवाई अड्डामा एक दुर्भाग्यपूर्ण घटना भएको जनाएको छ । उसले आफ्ना प्राविधिक रोहित पान्डेको बुधबार बिहान निधन भएको जनाएको छ।
प्राविधिक पान्डे एक क्यु४०० विमानको ल्यान्डिङ गियर व्हिल वेल क्षेत्रमा हात राखेर काम गरिरहेका थिए। जुन जहाज एयरपोर्टमा ट्याक्सी वे नम्बर ३२ मा पार्किङ गरिएको थियो ।
तर त्यही क्रममा अचानक मुख्य ल्यान्डिङ गियर हाइड्रोलिक ढोका बन्द भयो। त्यसपछि उनी हाइड्रोलिक डोर फ्ल्यापको बीचमा फसे। पान्डेलाई बचाउन हाइड्रोलिक ढोका फोडिएको छ। तर उनको मृत्यु भयो। स्पाइस जेटले यस दुर्भाग्यपूर्ण घटनामा पूरा स्पाइसजेट परिवारको दुःखमा साथ रहेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।