काठमाडौं : असार महिनामा बैंकहरूको निक्षेप संकलन बढेको छ। असार लागेसँगै सरकारले पुँजीगत खर्च बढाएकोमा त्यसको प्रभाव बैंकमा देखिएको हो। पछिल्लो २० दिनको अवधिमा बैंकमा ३४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।
जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले २७ खर्ब ५९ अर्बको निक्षेप संकलन गरेकोमा असार २० गतेसम्म ३४ अर्ब रुपैयाँ बढेसँगै २७ खर्ब ९३ अर्ब रुपैयाँ बढाएका छन्।
जेठ ३१ देखि असार २० गतेसम्म ९३ अर्ब ६३ करोड रुपैयाँ सरकारले चालु पँजीगत र वित्तीय व्यवस्थापन खर्च अन्तर्गतको शीर्षकमा खर्च गरेको छ। यसो प्रभाव बैंकमा देखिएको छ।
२० दिनको अवधिमा ३४ अर्ब रुपैयाँले निक्षेप बढेपनि बैंकले दिने कर्जाभने जम्मा आठ अर्ब मात्रै देखिएको छ। २० दिनमा आठ अर्बको निक्षेप बढेसँगै वाणिज्य बैंकहरू २४ खर्ब ७६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्।
हालसम्म बैंकहरूले कर्जाको तुलनामा निक्षेप तीन खर्ब १७ अर्ब रुपैयाँ बढी रहेको छ। बैंकले निक्षेप र कर्जाको रेसियो (सिसिडी रेसियो) ८० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।