|

बोस्टन : अमेरिकाको मेन राज्यको बेङ्गोरस्थित डिस्ट्रिक्ट अदालतले सोमबार एक नेपालीलाई स्थायी बासिन्दाको कानुनी हक दिलाउने ग्रिनकार्ड पाउन १३ हजार डलर दिएर झूठो बिहे गरेकामा दोषी ठहर गरेको छ। उनको सुनुवाई बुधबार शुरू भएको छ। 

२९ वर्षीय इआईलभ श्रेष्ठ बिहे गर्न भनी क्यालिफोर्नियाबाट मेन आएका थिए। उनले ह्याम्पडेन भन्ने ठाउँकी २९ वर्षीया मारेना मुशेरोसँग गत वर्ष जूनमा बिहे गरेका थिए।  अदालतका अनुसार श्रेष्ठ सन् २०१५ मा छ–महिने भ्रमण भिसा मा अमेरिका आएका थिए । उनी गैर–कानुनी रूपमा अमेरिका बस्दै आएका थिए। कानुनी रूपमा बस्ने उपायका रूपमा उनले यहाँको नागरिकसँग झूठो बिहे गर्ने बाटो रोजेको स्थानीय बेङ्गोर दैनिकले जनाएको छ।

उनी नर्थ क्यारोलाइना बस्दै आएका थिए। अमेरिकामा काम गर्न पाउने उनको भिसा सन् २०१८ जून २४ मा सकिने भएपछि उनी बिहे गर्न चाहन्थे। जून १३ मा उनले अनलाइनमा पाएका ४ जनालाई ग्रिनकार्ड पाउन बिहे गर्ने प्रस्ताव राख्दै इमेल लेखे।  मुशेरोले पनि ग्रिनकार्डका लागि बिहे गर्न चाहेको विज्ञापन गरेकी थिइन्। उनले मुशेरोलाई किस्तामा पैसा दिने शर्तमा जून २५ मा बिहे गरे। बिहेपछि बिहेलाई श्रेष्ठ कागजी स्वरूप प्रदान गर्न २ दिन मेनमा बसे। अनि उनी फिरे। दुवैले संयुक्त बैंक खाता र मोबाइल फोन लिए। जून २१ देखि जुलाई २५ बीच ३ हजार डलर दिए। अगस्तमा मुशेरो ५ वर्षे परीक्षणकाल उल्लंघनको आरोपमा पक्राउ परिन्। अगस्त ६ मा उनले आफ्नो झूठो बिहेको भेद खोलिन्। मुशेरो पक्राउ परेपछि श्रेष्ठले पैसा दिन छाडे। आपसमा सम्पर्क गर्न छाडे।

श्रेष्ठलाई ५ वर्ष कैद र २ लाख ५० हजार डलरसम्म जरिवाना हुनसक्ने उक्त दैनिकले जनाएको छ। सजायका अन्य विकल्प पनि छन्। तर यसै कारण श्रेष्ठलाई देश निकाला भने नहुने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.