|

हेटौंडा :  प्रदेश–३ सरकारले आफ्नो प्रदेश भित्र छिर्ने तरकारी तथा खाद्यान्नको परिक्षण गर्न प्रयोगशला निर्माण गर्ने भएको छ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्य प्रयोगशाला निर्माण गर्न लागेको हो। प्रदेश ३ मा बाहिरबाट खाद्यन्न, फलफुल तथा तरकारी आउने मुख्य नाकाहरु रहेकोकोले ति नाकाहरुमा नै प्रयोगशाला निर्माण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताए। उनले नाकाहरुबाट आउने खाद्यन्नको सामग्री तथा तरकारीहरुमा समेत अनुगमन तथा परीक्षणको काम गर्ने समेत बताए। केन्द्र सरकारको भर नपरी प्रदेश सरकारले आफ्नो तयारी थालेको मन्त्री नेपालले बताए। 

मन्त्रालयले प्रदेश भित्रको व्यापार तथा उपभोक्ता हक हित संरक्षणका विषयहरुसहित बजार अनुगमन, गुणस्तर परीक्षणलगायत अन्य आवश्यक वस्तुको गुणस्तर मापदण्ड निर्धारण तथा अनुगमन र नियमनको लागि प्रदेश स्तरीय संयुक्त बजार निर्देशिका २०७५ निर्माण गरी जारी समेत गरेको छ।  संघीय सरकार भने पर्याप्य जनशक्ती, प्रयोगशाला नभएको भन्दै  भारतबाट आएको तरकारी तथा खाद्यान्नको परीक्षण गर्ने निर्णयबाट पछि हटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.