|

एजेन्सी : घुसखोरी र भ्रष्टाचारको समस्याबाट नेपालसँगै भारत पनि उत्तिकै पीडित छ। कर्मचारीहरू भ्रष्ट हुँदा घुस नलिइ कामै नगर्ने छाप जनतामा परेको छ। 

सानादेखि ठुलासम्म कर्मचारी घुस्याहा हुँदा भ्रष्टाचारको आँकडा झन् झन् बढ्दो छ। भारतमा भ्रष्टाचारको यस्तै एउटा घटना सार्वजनिक भएको छ। 

भारतको तेलङ्गाना राज्यस्थित रंगारेड्डी जिल्लाम एकजना तहसिलदार ४ लाख घुससहित पक्राउ परेपछि भ्रष्टाचारको डर लाग्दो तथ्य बाहिरिएको हो। भ्रष्टाचार नियन्त्रण ब्यूरो (एसीबी) ले छापा मार्ने क्रममा घरबाट ९३ लाख भारतीय रुपैयाँ र लाखौँका गहना बरामद गरेको हो। 

एसीबीले यस कारबाही क्रममा तहसिलदार वी लावण्यालाई चार लाख रुपैयाँ घुससहित समातेको थियो। एसीबीले बुधवार राति केशमपेट मण्डलका तहसिलदार वी लावण्याको घर र कार्यालयमा छापा हानेको थियो। बरामद भएको नोट गन्‍न मेशिन मगाइएको थियो।

उजुरीकर्ता ममीदिपल्ली भास्करले तहसिलदारले पछिल्लो दिन उनको गाउँमा चिसो पेयको दोकान खोल्न अनुमतिका लागि ८ लाख घुस मागेका थिए। यिनमा ५ लाख तहसिलदार र ३ लाख भिलेलेज रेभिन्यू अफिसरलाई दिइएको थियो।

त्यसपछि उजुरीकर्ताले एसीबीको सहयोग लिएर घुसकाण्डको पर्दाफास गराएका हुन्। एसीबीले घुसका लागि दिइएको ४ लाख रुपैयाँ पनि तहसिलदारको घरबाट बरामद गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.