आर्थिक अनियमितताको आरोप

|

चितवन : देवघाट क्षेत्र विकास समितिले कार्यलयका लेखापाल किरणराज पौडेललाई ६ महिनाका लागि निलम्बित गरेको छ। पदीय मर्यादाविपरीतका गतिविधि गरेको पाइएपछि गएको मंगलबारबाट ६ महिनाका लागि निलम्बन गरिएको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जनाकारी दिए।

घिमिरेका अनुसार आर्थिक अनियमितता, हस्ताक्षरसमेत किर्ते गरेर दुरुपयोग गरेको र पदीय मर्यादाविपरीत मदिरा पिएर कार्यालयमा आउनेगरेकाले पौडेललाई निलम्बन गरिएको हो। आर्थिक अनियमितताबारे थप अनुसन्धान भइरहेको घिमिरेले बताए।

चरम लापरवाहीपछि पौडेल निलम्बनमा परेको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए। लेखापाल पौडेललाई निलम्बन गर्ने कार्यकारी निर्देशकको सिफारिस समितिले अनुमोदन गरेको अध्यक्ष पौडेलले बताए।

उनका अनुसार लेखापालले गैरजिम्मेवार गतिविधिबारे अहिलेसम्म जवाफ दिएका छैनन। धेरै कुराहरू नियतबस गरेको पाइएकाले थप अनुसन्धान भइरहेको अध्यक्ष पौडेलले बताए।

पौडेलका अनुसार देवघाट क्षेत्र विकास समिति स्थापना भएको २५ वर्ष पुगेको छ भने निलम्बित लेखापाल २० वर्षदेखि कार्यरत रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.