|

काठमाडौं : पछिल्लो केही दिनयता भारतलगायत तेस्रो मुलुकबाट आयातीत तरकारीमा भएको विषादी परीक्षण स्थगनसँगै सरकारको चर्को आलोचना भइरहेको छ।

सदनदेखि सडक र सामाजिक सञ्जालमा विदेशबाट आयतीत तरकारीको विषादी परीक्षण रोक्ने सरकारको निर्णयप्रति अनेकन टीकाटिप्पणी भइरहेको छ भने सर्वोच्च अदालतले समेत विषादी परिक्षण नरोक्न आदेश दिएको छ।

हाल नेपालमा आयात हुने कूल तरकारीको झण्डै ८५ प्रतिशत तरकारीमा विषादी प्रयोग हुने गरेको विज्ञहरूले बताउँदै आएका छन्।

त्यसो त सरकारले  यसअघि नै मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै कृषिवालीमा प्रयोग हुने २१ प्रकारका विषादीलाई प्रतिबन्ध गरिसकेको छ।

तर, फितलो कानुन कार्यान्वयनका कारण सर्वसाधारण प्रतिबन्धित विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य छन्। फलफूल तथा तरकारीमा प्रतिबन्धित विषादी प्रयोग गर्नेलाई प्रचलित कानुनबमोजिम ५ हजार रुपैयाँ जरिवाना र सामान जफत हुने अति सामान्य कानुनी व्यवस्था रहेको छ।

यस्तो असर गर्छ विषाक्त तरकारीले

तरकारीलाई राम्रो बनाउन वा लामो समयसम्म नबिग्रनको लागि प्रयोग गरिने विभिन्न खालका केमिकलयुक्त औषधिहरू मानव स्वास्थ्यको लागि विषादी खानु बराबर भएको चिकित्सकहरू बताउँछन्।

अर्गानोफस्पोरस र कार्बोनेट समूहका बिषादीले थकान, रिंगटा लाग्ने, धमिलो देख्ने, वाक्कवाक्क लाग्ने समस्या देखिने त्रिवि शिक्षण अस्पतालका फर्माकोलोजिष्ट विभागका सहप्रध्यापक डा. सतिश देवले बताए। आँखा नाक पोल्ने, स्वास प्रश्वासमा कठिनाइ, छाला चिलाउने जस्ता समस्या हुने उनको भनाइ छ। ’हाल कृषि क्षेत्रमा तरकारी र फलफूलमा एन्टिवायोटिकको रूपमा विषादीहरू प्रयोग बढ्दै गएको छ। जसले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर गर्ने गर्छ।‘

क्यान्सर र बाँझोपनको धेरै सम्भावना

तरकारी तथा फलफूलमा प्रयोग गरिने औषधिजन्य केमिकलले मानिसलाई  तत्कालीन रूपमा एलर्जी तथा छाला चिलाउने जस्ता समस्या देखिने गरे पनि  दीर्घकालीन रूपमा छाला तथा पेटको क्यान्सरदेखि बाँझोपनसम्म गराउने बताउँछन्, वीर अस्पतालका आल्कोलोजी विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य। उनका अनुसार तत्कालीन रूपमा घातक विषादीको प्रयोगले दम, एलर्जी तथा रोग प्रतिरोगात्मक क्षमतामा कजोर बताए पनि दीर्घकालीनरूपमा स्नायुको विकासमा असर तथा छाला तथा पेटको क्यान्सरसहित पुरुषमा बाँझोजनको समस्या निम्ताउने गर्छ।

डा आचार्यले भने ‘ फलफूल र तरकरीलाई लामो समयसम्म नबिग्रियोस् भन्नको लागि प्रयोग गरिने औषधिले छालाको क्यान्सर, पुरुषमा बाँझोपनको समस्या धेरै गराउने गर्छ। कम्तिमा नियमित दुई चार वर्षसम्म विषादीयुक्त औषधी प्रयोग गरेको फलफूल तथा तरकारी खाने व्यक्तिमा यस्तो समस्या देखिने सम्मभावना ४५ प्रतिशत हुने गर्छ।‘

 बालबालिकामा अनावश्यक मासु पलाउने समस्या

यस्तै विषादीयुक्त तरकारीले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत असर गर्ने गर्छ। यसले बालबालिकाको विभिन्न अंगहरूमा मासु पलाउने, टाउको ठूलो हुने, प्यारालाइसिस हुनेसम्मको असर पुर्‍याउने बताउँछन् डा. आचार्य। उनले भने ‘शरीरको तथा मानसिक विकास भइरहने सानो उमेरका बालबालिकाहरूको लागि यस्ता फलफूल तथा तरकारीले ठूलो असर गर्छ। यसले बालबालिकाको मानसिक विकास असर गर्नुका साथै शरीरमा अनावश्यक मासु पलाउने समस्या निम्ताउछँ।‘

यस्तै, गर्भावस्था रहेका महिलाहर"लाई समेत यस्ता फलफूलले असर गर्ने गरेको पाइन्छ। गर्भमा रहेको बच्चाको राम्रो विकास नहुनु तथा समय अगावै बच्चा जन्मनुका साथै गर्भ खेरा जानेसम्मको समस्या निम्तिने बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.