|

डोल्पा : जिल्लाको जुफाल विमानस्थल तीन दिनदेखि बन्द भएको छ।

खराव मौसमका कारण लागेको बाग्लो हुस्सुले गर्दा जुफाल विमानस्थल र नेपालगञ्जदेखि डोल्पासम्मको जहाजको मार्ग अवरुद्ध भएपछि जुफाल विमानस्थल बन्द भएको हो। तीन दिनयता बाग्लोहुस्सुले विमानस्थल आसपास क्षेत्र ढपक्कै छोपिएकाले कुनैपनि उडानहुन नसकेको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जानकारी दिएको छ।

जहाज नआएपछि जहाज कुरेर बसेका सर्वसाधारणहरु विमानस्थलमै अलपत्र परेकाछन् भने दैनिक उपभोग्य सामाग्रिहरु ढुवानीमा समस्या भएको छ। मौसममा खराबि आएपछि नेपालगञ्जबाट उडान भर्दै आएका तारा,गोमा,नेपाल एयरलाइन्स लगायतका सरकारी तथा निजि बिमानकम्पनीहरूले उडान भर्न सकेका छैनन्।

अझै पनि मौसमा सुधार आउने सम्भावना नरहेकाले शुक्रबार पनि उडान हुने सम्भावना न्यून रहेको तारा एयर जुफालका कर्मचारी देबेन्द्र शाहीले बताए। डोल्पामा तीन दिनदेखि बादल लागिरहेकाले घाम लाग्न सकेको छैन भने भारी वर्षातको सम्भावना उत्तिकै रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.