|

काठमाडौं : सरकारले उद्योग वाणिज्य संघ नेपालगञ्‍जको भोगअधिकारमा रहेको १० विघा जग्गा खोसेको छ। ४ भदौ २०६४ को मन्त्रिपरिषद् निर्णयअनुसार सडक डिभिजन नेपालगञ्ज, बाँके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा नेपालगञ्ज उद्योग वाणिज्य संघले भोगाधिकार गरेको थियो।

असार १९, २३ र २४ गते बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उद्योग वाणिज्य संघ नेपालगञ्‍जलाई भोगाधिकार दिने सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी गराएका हुन्। अब त्यो जग्गा सडक डिभिजन कार्यालय नेपालगञ्‍जको नाममा नै रहने छ।

यसअघि सहरी विकास मन्त्री मो. इस्तियाक राईले भोगअधिकार खारेज गर्न लागिएको जानकारी गराएका थिए। उनले लिजबापतरको भाडा नतिरेको कारण खारेज गर्ने अवस्थमा पुगेको बताएका थिए। त्यसलगत्तै उद्योग वाणिज्य संघका नेपालगन्जले सत्यता बुझ्न भन्दै पाँच समितिसमेत गठन गरेको थियो। संघका अध्यक्ष नन्दलाल वैश्‍यको संयोजकत्वमा समिति गठन गरेर छलफल गरिहरेको बेला सरकारले खारेज गरिएको निर्णय सुनाएको हो।

उद्योग वाणिज्य संघ नेपालगञ्‍जले हालै मात्र जग्गालाई पर्खाल लगाउने काम गरेको थियो। मन्त्री राईले समेत यसअघि उक्त जग्गामा बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनीस्थल निर्माणका लागि सरकारले बजेट छुट्याएको जानकारी नेपागञ्‍जमा भएको कार्यक्रम गराएको उद्योग वाणिज्य संघका पदाधिकारीले बताएका थिए। संघका अध्यक्ष वैश्‍यले वार्षिक नवीकरण वापतको कर तिर्दै आएको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.