|

कञ्चनपुर : कञ्चनपुरको पुर्नवास नगरपालिका ४ आनन्द बजारमा भारतीय एसएसवीको गोली लागेर शाहदत प्राप्त गरेका शहीद गोविन्द गौतमको अर्धकदको शालिकको बिहीबार अनावरण गरिएको छ। 

सुदूरपश्चिम प्रदेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ तथा नगर प्रमुख जीवनराज थापाले एक समारोहबीच शालिकको अनावरण गरेका हुन।

शालिक अनावरण गर्दै प्रमुख सचेतक तामाङले शहीदको बलिदानीको कदरस्वरुप शालिक निर्माण गरिएको बताए। शहीद गौतमको सम्झनामा ३० लाखको लगानीमा स्मृति पार्क निर्माणको कार्य पूरा गर्न बजेट विनियोजन गरिएको उनको भनाई रहेको छ।

नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले सानो क्षेत्रफलमा पार्क निर्माण सुरु गरे तापनि पार्कसँगै रहेको नमुना सामुदायिक वनको क्षेत्रलाई समेत समेटेर यस पर्यटकीय रुपमा विकास गरिने बताए।

शहीद गौतमका बुवा खेमलाल गौतमले देशको सीमाको रक्षाका लागि लडेर प्राण त्यागेको छोराको शालिक बनेको हेर्ने चाहना पूरा भएको बताए। सुदूरपश्चिम सरकारको प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गगत ८ लाखको लागतमा शालिक र पार्क निर्माण गरिएको हो।

नगरपालिकाले शालिक रहेको स्थानमा ५ लाखको लागतमा प्रवेशद्बार र तटबन्ध निर्माण गरेको छ। पाँच कट्टा जग्गामा शालिक र पार्क निर्माण गरिएको छ। विसं २०७३ साल फागुन २६ गते कल्भर्ट निर्माण विवादमा भारतीय एसएसवीले गोली चलाउँदा गौतमले शहादत प्राप्त गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.