|
फोटो चितवन प्रहरीले उपलब्ध गराएको हो।

चितवन : सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का चितवनमा पक्राउ परेकी छन्। लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा भरतपुर महानगरपालिका २६ ज्योतिनगरबाट बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायन कोइरालाले जानकारी दिए।

खड्का २०७१ सालमा विप्लब नेतृत्वको नेकपा गठन भएदेखि नै विभिन्न जिम्मेवारीमा रहँदै आएको प्रहरीको भनाइ छ। पार्टीको महिला केन्द्रीय सदस्य, कोसी ब्यूरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु सेक्रेटरी रहँदै आएको प्रहरीको भनाइ छ।

पक्राउ परेकी खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेकाले सोलुखुम्बु नै पठाउन सकिने डिएसपी कोइरालाले बताए।

पछिल्लो समय चितवन प्रहरीले विप्लव समूहमा आवद्ध नेता कार्यकर्ताको गतिविधिमाथि कडा निगरानी गरिरहेको छ। केही समयअघि प्रहरीले पत्रकार सम्मेलन नै गरेर अहिले जिल्लाको मुख्य सुरक्षा चुनौति विप्लव समूह रहेको बताएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.