एकजना गम्भीर घाइते

|

काठमाडौँ : भारतबाट ल्याइने तरकारी तथा फलफूलमा विषादी परिक्षण नगर्ने सरकारको निर्णयविरुद्धमा मसाल जुलुस प्रदर्शनका क्रममा बिहीबार साँझ काठमाडौँबाट १२ भन्दा धेरै विद्यार्थी पक्राउ परेका छन्। 

नेपाल विद्यार्थी संघले काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुशसहित प्रदर्श गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । काठमाडौँको मिन भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा नेविसंघ पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डेसहितका ६ जना विद्यार्थी नेता पक्राउ परेका हुन् ।

विषादी परिक्षण नगर्ने निर्णयविरुद्ध नेविसंघले लगातार देशव्यापी आन्दोलन गर्दै आएको छ । मसाल जुलुसका क्रममा करिब ३६ जना नेता कार्यकर्ता पक्राउ परेका नेविसंघका नेता मनिषा सिम्खडाले जानकारी दिए। मसाल जुलुसका क्रममा थापाथली इन्जिनियरिङ्ग क्याम्पसका पूर्वस्ववियु सभापति सुदीप शर्मा गम्भीर घाइते भएका छन्। 

पक्राउ पर्ने अन्य विद्यार्थी नेतामा मिन भवनका नेविसंघका इकाई अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति महेन्द्र भट्टराई, नेविसंघ इकाई सभापति दिनेश कार्की र सहसचिव चन्द्रदेव खनाल छन् ।

त्यसैगरी नेविसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बालाजुबाट संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदीप अधिकारी, विजय ढुङ्गना, मनोज राना, सौरभ घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीपजङ्ग साह, अमृत लामिछाने, उत्सव अवस्थी र अनिल महर्जन पक्राउ परेका हुन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.