|

काठमाडौं : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान, धरानका उपकुलपति राजकुमार (आरके) रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई प्रतिष्ठानकै सरकारी निवासबाट घुससहित पक्राउ गरेको हो । 

भवन निर्माणको भुक्तानीका लागि उनले घुस लिएका थिए । घुस लिएर उनले भजिता रामहरि रौनियारलाई राख्न दिएका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। प्रतिष्ठानमै पढ्ने रामहरिको कोठाबाट घुस बरामद भएकोको प्रवक्ता कोइरालाले बताए। 

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनको नाममा घुस मागिरहेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाले जानकारी दिए। 

विवादित पृष्ठभूमिका रौनियार

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई गत फागुनमा पदमुक्त गरिएको थियो। पदीय दायित्व पुरा नगरेको भन्दै प्रतिष्ठानको सिनेट बैठकले १७ फागुनमा गरेको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डा. रौनियारलाई  फागुन २६ गते उपकुलपति पदबाट मुक्त गरेका थिए। 

प्रतिष्ठानका सहकुलपति तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा १६ र १७ फागुनमा बसेको प्रतिष्ठानको सिनेट बैठकले डा. रौनियारलाई उपकुलपतिबाट पदमुक्त गर्न प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

डा. रौनियारलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी पार्टीबाट आफू प्रधानमन्त्री हुँदा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए । तर उनी नेकपाकै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीबाट बर्खास्तीमा परेका थिए।

सिनेटको सिफारिसपछि उपकुलपतिलाई प्रतिष्ठानको कुलपतिको रूपमा प्रधानमन्त्रीले पदमुक्त गर्न सक्ने कानुनी व्यवस्था छ ।

अनि अदालत गए 

आफूलाई पदमुक्त गरेपछि रौनियार सरकारविरूद्ध चैत ३ गते सर्वोच्च अदालत गए। त्यसपछि रौनियारलाई हटाउने निर्णय कानूनसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधिश मीरा खडकाको संयुक्त इजलाशले चैत १२ गते सरकारमा नाममा अन्तरिम आदेश दियो। 

रौनियारले आफुविरुद्ध स्वास्थ्य मन्त्री यादवले एकपक्षीय निर्णय गरेको गुनासोसहित सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशले चैत ४ गते रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्नु, नगराउन अल्पकालिन अन्तरिम आदेश दिएका थिए। 

सरकारले उनको ठाउँमा प्रतिष्ठानका रेक्टर डा. गुरु खनाललाई आर्थिक र प्रशासनिक जिम्मेवारीसहित निमित्त उपकुलपति तोकेको थियो। तर आदेशपछि उनी उपकुलपतिकै रूपमा बिपी प्रतिष्ठान पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.