धर्म-संस्कृति

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन
SHARES

असार २७, २०७६

    काठमाडौं : घरघरमा तुलसी सारेर शुक्रबार हरिशयनी एकादशी मनाइँदै छ। एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी) मा छरिएको तुलसीको बीउ तयार भई यसैदिन रोप्नुपर्ने मान्यता छ।

    यो एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ। वैष्णव धर्मअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ। पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन्। यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो।  

    धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु हुँदैन। यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ। यद्यपि सूर्य दक्षिणायान रहँदा सामान्यतया मांगलिक कार्य गरिँदैनन्। 

    यसरी आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णु वा उनको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ।  

    चतुर्मासभर पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ। 

    चतुर्मासको समाप्ति कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]