छापा

चन्द भन्छन्, लिखित प्रस्ताव आए वार्तामा बस्न तयार
SHARES

फाइल फोटो
असार २७, २०७६

    काठमाडौं : नेत्रविक्रम चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ। एक साताअघि बसको चन्दको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको हो।

    कान्तिपुर दैनिकमा समाचार छ, नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए। ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो। पत्र पठाएन’, उनले भने, ‘यसपटक पार्टीले औपचारिक वार्ता बस्ने औपचारिक निर्णय गरेको छ। सरकार पनि इमानदार भएर आउनुपर्छ।’

    यसअघि चन्द समूहले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरेसम्म वार्तामा नबस्ने भन्दै आएको थियो। ‘वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ’, ती केन्द्रीय सदस्यले भने, ‘सरकारले कस्तो रबैया देखाउँछ हेरौँ।’

    ठूलो संख्यामा नेता\कार्यकर्तालाई पक्राउ गर्दासमेत जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरेको उनको भनाइ छ। एक हजारभन्दा बढी नेता कार्यकर्ता जेलमा रहेको र तीन जनाको हत्या भइसकेको भन्दै उनले मान्छे मार्ने आफूहरूको नीति नरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]