|

हेटौंडा : हेटौंडा–सिस्नेरी–फाखेल–हुमाने काठमाडौं सडक पुर्ण रुपमा अवरुद्ध बनेको छ। 

इन्द्रसरोवर गाउँपालिका–२ देउराली भन्दा एक किलोमिटर तल  बिहीबार  राति देखि परेको पानीले  लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
अहिले बाटो अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडा र हेटौंडा बाट काठमाडौं हिडेका सवारी बिच बाटोमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। 

हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको सडक अन्तर्गतको इन्द्रसरोवर २ र ३ को सीमा छेउमा  गएको पहिरो हटाउन सकिएको छैन्।  वर्षाका कारण पुर्ण रुपमा सडकमा भएको पहिरो हटाउन नसकेकोले अवरुद्ध बनेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यता, निरन्तर परेको वर्षासँगै गएको पहिरोले गर्दा सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ सुचारू हुन सकेको छैन्। कान्तिलोकपथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ कोगटे, कालोपहिरो भन्ने ठाउँमा  सोमबार दिउँसो  पहिरो  र मंगलबार बिहान लेनडाडा सिमात खोला नजिकै ठुलो ढुङ्गा  खस्दा  राजपथ अबरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक सागर विक्रम राणाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.