|

काठमाडौं : कृषिमन्त्री चक्रपाणि खनालले कालीमाटी फलफूल तथा तरकारी बजारभित्र रहेको केन्द्रीय बिषादी प्रयोगशालाको अनुगमन गरेका छन्। 

तरकारी तथा फलफूलको विषादी परीक्षण कसरी भइरहेको छ भन्ने मन्त्री खनालले जानकारी लिएको कृषिमन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए। 

सरकारले असार १८ मा भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेपछि सरकारको आलोचना हुँदै आएको छ।सरकारले आवश्यक उपकरणको अभावका कारण विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको बताएको छ।

सर्वोच्च अदालतले भने विषादी परीक्षण गरेर मात्रै तरकारीको आयत गर्न अन्तरिम आदेश जारी गरेको छ।  त्यसका लागि आवश्यक छलफलका लागि असार ३० मा सर्वोच्च अदालतमा उपस्थित हुन समेत भनेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.