|
कार्यक्रमस्थलमै कालोझण्डा देखाइँदै

काठमाडौं : एउटा कार्यक्रमकको अध्यक्षता गर्न ललितपुरको जावलाखेल पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितविरुद्ध आदिवासी जनजाति युवाहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन्। 

आदिवासी जनजाति र विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै लालबाबुविरुद्ध चर्का नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्। शुक्रबार बिहान ललितपुरको जावलाखेलमा गरिएको आदिवासी जनजातिहरुको बैठकस्थलमै छिरेर युवाहरुले मञ्चमा रहेका मन्त्री पण्डितलाई कालोझण्डा देखाएका हुन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औँ सञ्चालक परिषदको बैठकको अध्यक्षता गर्न मन्त्री लालबाबु जावलाखेल पुगेका थिए। बैठकको अध्यक्षता गरिरहेकै बेला लालबाबुविरुद्ध प्रदर्शन भएको हो । हलमा बैठक चलिरहेका बेला युवाहरुले चर्को नाराबाजी गरेका हुन्। 

आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले मन्त्री पण्डितले आरक्षण विरोधी र नकरात्मक अभिव्यक्ति दिएपछि युवाहरु विरोधमा उत्रिएको जानकारी दिए। 

कार्यक्रममा बोल्ने क्रममा मन्त्री पण्डितले आरक्षणविरोधी अभिव्यक्ति दिएको भन्दै  युवा र विद्यार्थीहरु उत्तेजित हुँदै नाराबाजी गरे। पण्डितविरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्रविरोधी भन्दै नारा लगाइएको थियो। पण्डितलाई आरक्षणविरोधीको संज्ञा दिँदै उनीहरूले राजीनामा पनि माग गरेका थिए। 

लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको ९ हजार १ सय कर्मचारीको विज्ञापन राज्यव्यवस्था समितिले निर्देशन दिँदा पनि मन्त्री पण्डितले अस्वीकार गरेका थिए। समावेशी नभएको भनिएको उक्त विज्ञापन रद्ध गर्न नमानेपछि मन्त्री पण्डितसँग आदिवासी जनजाति समुदाय रुस्ट छन्। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.