|

जनकपुरधाम : काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लिएका कारण जनकपुर विमानस्थलबाट हुने दुई फ्लाइट स्थगित भएको छ।

शुक्रबार बिहान १०:४५ बजेको बुद्ध एयर र ११:१५ बजेको एति एयरको फ्लाइट स्थगित गरिएको जनकपुर नागरिक उड्डयन कार्यालयका वरिष्ट अधिकृत मोहन ठाकुरले जानकारी दिए। उनका अनुसार दुई फ्लाइट स्थगित भएपछि करिब १२० यात्रु काठमाडौं जानबाट बंचित भएका छन्।

फ्लाइट स्थगित हुँदा टाढाबाट आएका यात्रुहरू समेत घर फर्किन बाध्य भएका छन्। ‘दिउँसो २/३ बजेसम्म त्रिभुवन विमानस्थल सुचारु हुने जानकारी पाएको छ’, वरिष्ट अधिकृत ठाकुरले भने, ‘विमानस्थल सुचारु भयो भने बाँकी फ्लाइट हुन्छ। नत्र आजको सबै स्थगित हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.