उद्दार कार्य जारी रहेको जानकारी

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखिको अविरल वर्षाले आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक संजाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले आजसम्म बाढी पहिरोबाट ६ जनाको मृत्यु भएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन्।

बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको उनले ट्विटरमा लेखेका छन्।

सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा पनि दुवै देशका अधिकारीबीच समन्वय गरेर बाढीको प्रभाव कम गर्ने र वहाब खुलाउने काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले बाढीबाट ४०० परिवार प्रभावित भएका पनि जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.