|

काठमाडौं : अव्यवस्थित बसोबास बिस्तार काठमाडौंबासीले सार्वजनिक जग्गादेखि खोलोसम्म मिच्न भ्याए। काठमाडौं उपत्यका भएर बग्ने कयौँ खोलाको आकार अहिले सानो ढलमा परिणत भएका छन्। 

काठमाडौं हुँदै बग्ने बागमती, विष्णुमति, रुद्रावती, बल्खु, हनुमन्ते र मनोहरासहितका खोलालाई मिचेर मानिसले आफ्नो साम्राज्य चलाइरहेका छन्। अरु ११ महिना यी खोलामाथि मानिससले मनपरी गर्छन्, मिच्छन् र पानीको बहाव नै परिवर्तन गर्छन्।

मानिसले मिचेर खुम्चिएका खोलामध्ये बल्खु खोलाले कलंकी आसापसमा शुक्रबार आफ्नो रौद्ररुप देखायो। बाढीले कलंकस्थित महानगरीय प्रहरी वृत्त डुबानमा परेको छ । त्यस्तै खसी बजार क्षेत्रमा पनि बाढी पसेको छ। वृत्त डुबानमा परेपछि प्रहरी बाहिर निस्किएर बसेका छन् । बाढीले एउटा ग्यास  पसल नै बगाएको छ। खोलामा बगेका सिलिन्डर स्थानीयले निकालेका छन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.