|
फाइल फोटो

काठमाडौं : नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ।

विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको विश्व वरीयतामा नेपाली महिला टोली २ स्थानमाथि उक्लिँदै १ सय १ औं स्थानमा पुगेको हो।

यसअघि नेपाली टोली १ सय ३ औं स्थानमा रहेको थियो। ओलम्पिक छनोटको दोस्रो चरण पुग्न सफल नेपाली महिला टोली चैतमा विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दोस्रो भएको थियो।

त्यसअघि भारतमा भएको हिरो कपमा नेपाली टोलीले दोस्रो स्थान प्राप्त गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.