|
फाइल फोटो

भद्रपुर, (झापा) : अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।

प्रहरी कार्यालय झापाका अनुसार कमल खोलामा आएको बाढीले बगाउँदा इलाम चुलाचुली १ बस्ने ५१ वर्षीय अञ्चल लावतीको मृत्यु भएको छ। कमल गाउँपालिका २ र शिवसताक्षी नगरपालिका ३ स्थित कमल खोला किनारमा शुक्रबार बेलुका उनको शव भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै, दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा ६ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका १० बस्ने मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आइरहेकी सङ्खुवासभा चैनपुर नगरपालिका ७ फलाटे बस्ने पुनम न्यौपानेको छोरी एलिजा न्यौपानेको मृत्यु भएको हो।

प्रहरीका अनुसार खोलामा खेल्ने क्रममा बालिकालाई बगाउँदा उनलाई ५ सय मिटर परबाट उद्धार गरी तत्काल उपचारका लागि दमक पठाइएको र उनको उपचारको क्रममै मृत्यु भएको हो। यता, दुवै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारजनलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.