|

जाजरकोट : जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सीमा विवाद उत्पन्न भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सिमा विवाद देखिएको हो।

शुक्रबार सिम्ता गाउँपालिकाका अध्यक्ष कवेन्द्रकुमार केसी लगायतको टोली आएर छेडाचौरमा आफ्नो बोर्ड टाँसेर गएलगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको टोली आएर पूर्ण सिम्ता गाउँपालिकाले राखेको साईन बोर्ड उखेलेर फाँकी आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरीले बताएको छ।

जाजरकोटको शिवालय गाउँपालिका १  र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आ-आफ्नो दावी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको वोर्ड फालापाल अवस्थामा पुगेको हो।

शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार सर्वोच्च अदालतले जाजरकोटको पक्षमा पहिले नै फैसला गरिसेकेकोले विवाद गर्न जरुरी नभएको बताए। सर्वोच्च अदालतले छेडाचौरको खोलादेखि पारी पश्चिम क्षेत्रमा सुर्खेत र पूर्वमा जाजरकोट भनी प्रमाणित गरिसकेकाले पुरानो घाउँ बल्झिरहेको उनले बताए। पहिले समाधान भएको विषय अहिले स्थानीय सरकार गठनपछि पुनः बल्झिएको स्थानीयले बताएका छन्।

उत्ता, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुँन सकेन। प्रशासकीय अधिकृत जनक हमालले सीमा क्षेत्रमा विवाद भएकाले दुवै पक्ष एक आपसमा बैठक बसेर छलफलबाट समाधान खोज्ने मोडमा पुगेको बताए। विवाद भएको ठाउँमा अहिले तनाव कम गर्नका लागि सहमती, सहकार्य र छलफल नै उत्तम माध्यम भएकाले छिटै निष्कर्षमा पुगिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.