|
फाइल फोटो

हुम्ला : नेपाली कांग्रेसका हुम्ला सभापतिले शिक्षकमाथि हातपात गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाईमा काजमा रहेको शिक्षक कालिबहादुर छत्याललाई नेपाली कांग्रेसका पार्टी हुम्ला सभापति जयबहादुर रोकायाले हातपात गरेका हुन्।

शिक्षक सरुवाको सिफारिसलाई बदरको सिफारिस जवरजस्ती गर्न भनेपछि आफूले नमाने पछि आफूमाथि हातपात भएको शिक्षक छत्यालले बताए।

उनले भने 'शिक्षा एकाई प्रमुख खाना खान जानु भएको थियो। हामी काम गर्न कर्मचारी हो। काम गरिहेको थिएँ। तिमीहरूले हाम्रो मान्छेलाई किन सरुवा गरेको भन्दै लेखापढी गरिरहेको बेला उहाँले हातपात गर्नु भयो।

उता जिल्ला सभापति रोकायासँग टेलिफोन कुरा गर्दा सामान्य विवाद मात्र भएको बताए। सामान्य विवाद मात्रै भएको आफूले हातपात नगरेको सभापति रोकायाले बताए।

शिक्षक शाहीलाई हातपात भएको विषय जिल्ला प्रशासन कार्यालय बुझदा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल यसबारे  आफूलाई कुनै जानकारी नभएको बताए। चंखेली गाउँपालिकामा रहेको रारा आधारभूत विद्यालयका कार्यरत सर्केगार्ड गाउँपालिका दन्त साउदको विषयमा शिक्षक शाहीमाथि हातपात भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.