एथ्लेटिको असन्तुष्ट, २०० मिलियन माग्यो

|

एजेन्सी : स्पेनिस च्याम्पियन एफसी बार्सिलोनाले एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यानलाई अनुबन्ध गरेको छ। लामो समयको विवादकाबीच बार्सिलोनाले ग्रिजम्यानलाई १२० मिलियन युरोमा शुक्रबार अनुबन्ध गरेको हो । 

बार्सिलोनाले शुक्रबार २८ वर्षीय फ्रेन्च स्टार ग्रिजम्यानलाई अनुबन्धको घोषणा गरेको थियो । उसले ग्रिजम्यानसँग ५ वर्ष लामो सम्झौत गरेको छ । बार्सिलोनाले एथ्लेटिकोले नै तोकेको १२० मिलियन युरोको रिलिज क्लज दिएर  तिरेर ग्रिजम्यानलाई भित्र्याएको हो।

ग्रिजम्यानको पूर्वक्लब एथ्लेटिको मड्रिडले बार्सिलोनासँग गत १ जुलाई मा ग्रिजम्यानको सरूवा रकम २०० मिलियनबाट १२० मिलियनमा कायम गर्ने सहमति भएको थियो। तर साझा सहमतिमा मात्रै कुनै पनि खेलाडीको सरूवा हुने निर्णय विपरित बार्सिलोनाले एकपक्षीय निर्णण लिएर ला लिगाको कार्यालयमा रकम जम्मा गरी ग्रिजम्यानलाई लगेको दाबी गरेको छ । 

अघिल्लो सिजनमा एथ्लेटिकोले ग्रिजम्यानको सरूवाका लागि २०० मिलियन युरो रकम तोकेको थियो । उसैले उक्त रकम १२० मिलियन युरोमा झारेको अवस्थामा बार्सिलोनाको कदमलाई एथ्लेटिकोले गैरकानुनी भनेको हो।

'बैंकमा जम्मा भएको रकम खेलाडीको रिलिज क्लज पूरा गर्न पर्याप्त छैन । बार्सिलोनासँग रिलिज क्लज २०० मिलियन युरोबाट १२० मिलियनमा झार्ने सहमति बनेको थियो', एथ्लेटिकोले भनेको छ, 'हामीबीचको त्यसबेलाको सहमतिमा खेलाडी सरुवा दुवै पक्षको समझदारीमा हुने उल्लेख थियो।'
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.