|

कञ्चनपुर : महाकाली नगरपालिका १० सर्खेती टोलका गोपाल खत्रीले एक दशकअघिसम्म डेढ बिघा जग्गामा परबल खेती गर्थे। गाउँटोल जताततै परबल खेतीको लहरै चलेको थियो यहाँ उत्पादित परबल खरिद गर्न भारतका खटीमा, बरेली र दिल्लीसम्मका व्यापारी बारीमै पुग्थे।

कान्तिपुरमा समाचार छ, भारतले सीमा क्षेत्रमा एसएसबी क्याम्प राखेपछि परबल निकासी ठप्प भयो। दोधारा चाँदनी क्षेत्रबाट निकासी हुने परबल रोकियो उत्पादित परबल खेतमै बिग्रिन थाल्यो। कृषकहरूले बिस्तारै खेती छाडे। उनीहरू फेरि परम्परागत धान गहुँलगायत खाद्यान्न बालीमा फर्किए।

अहिले नेपालमा विषादी परीक्षणको विषय चर्चामा छ। सरकारले सम्बन्धित भन्सार विन्दुमा विषादी अवशेष परीक्षण गरेपछि मात्रै जाँचपास गर्नुपर्ने व्यवस्था ल्यायो। फेरि आफ्नै निर्णयबाट पछाडि फर्कियो। परीक्षणनिै तरकारी तथा फलफूल भित्रिन थाले।

एक दशकअघि एसएसबीले पनि दोधारा चाँदनी क्षेत्रको परबल विषादी परीक्षणकै नामममा रोकेको यहाँका कृषकले बिर्सिएका छैनन्। ‘एसएसबीले क्वारेन्टाइन जाँच र विषदी परीक्षणपछि मात्रै निकासी गर्न पाइने भन्दै रोकेको परबल सीमा क्षेत्रमै कुकिने अवस्था आयो, गोपालले भने, ‘क्वारेन्टाइन जाँच गराउन दिल्ली वा काठगोदाम पुग्नुपथ्र्यो। यही झञ्झटका कारण हामलिे परबल खेती नै गर्न छाड्यौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.