छापा

वायु सेवा निगमलाई किस्ता तिर्नै सकस
SHARES

असार २८, २०७६

    काठमाडौं लामो दूरीको अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्नै लक्ष्यसहित अघिल्लो वर्ष निकै तामझामसहित भित्र्याइएका दुईवटा वाइड वडी खरीदको तेस्रो किस्ता तिर्नुपर्ने समय एक साता पनि बाँकी छैन। गत चैतमा पनि खरिदका लागि लिइएको ऋणवापतको किस्ता तिर्नुपर्ने दायित्वबाट निगम पछि हट्यो।

    यतिमात्र होइन, त्यसअघि खरिद गरिएका दुईवटा न्यारो बडीका १० वर्षे किस्ता तिर्नुपर्ने नियमित अर्को दायित्व पनि निगममाथि छ तर गत पुसदेखि नै निगम सम्भौताअनुसार किस्ता बुझाउनुपर्ने दायित्वबाट चुकेको समाचार गोरखापत्र दैनिकमा छ।
    सरकार आफैँ जमानीमा बसेपछि करिब २४ अर्ब रुपैयाँमा निगमलाई निगमलाई वाइड बडी खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष तयार भएका थिए। चारवटै जहाजको मासिक किस्ता मात्रै एक अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेल भन्छन्, ‘सञ्चालन खर्च तिर्न नै गाह्रो भएको छ।’

    शुक्रबार बिहान संसदको अर्थ समितिको बैठकमा खरेलले आफैँले चालू आर्थिक वर्षमा निगम करिब चार अर्ब ७५ करोड रुपैयाँमा घाटामा जाने अनुमान प्रस्तुत गर्नुभयो। त्यसमध्ये अन्तर्राष्ट्रिय उडानतर्फको घाटा चार अर्ब १५ करोड र बाँकी करिब ५० करोड आन्तरिक उडानतर्फको हुने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]